Hamro Sanchar

एसईईको पाँचौ दिन: साधारण र प्राविधिक धारका २ बिषयको परिक्षा सम्पन्न, यस्तो देखियो जनकल्याण केन्द्रको वातावरण

सुदिप बर्देवा प्रकाशित : २०८१ चैत्र, १२ गते


काठमाण्डौं, चैत १३– एसईई परिक्षाको आज पाँचौं दिन देशभर साधारण र प्राविधिक धारका २ बिषयको परिक्षा सम्छपन्न भएको छ। आज संचालन भईरहेको परिक्षामा विद्यार्थीले प्राविधिक र साधारण धारको परिक्षा सम्पन्न भएको हो ।

काठमाण्डौंसहित देशभरका परिक्षा केन्द्रमा परीक्षाको पाँचौं दिनसम्म शान्तिपूर्ण र मर्यादित रुपमा परिक्षा सम्पन्न भएको हो ।

काठमाडौंको बौद्ध महांकालमा रहेको जनकल्याण माध्यामिक विद्यालय केन्द्रमा पनि शान्तिपूर्ण, मर्यादित र अनुशासित रुपमा परिक्षा संचालन भईरहेको छ । यस परिक्षा केन्द्रमा ६ वटा सस्थागत विद्यालयका ३०६ जना विद्यार्थीले परिक्षा दिईरहेका छन् । जसमा, १७५ जना छात्र र १३१ जना छात्राहरु सहभागी छन् ।

परिक्षाबारे बुझ्न हाम्रोसंचारको टिम जनकल्याण केन्द्रमा पुग्दा जे देखियो  

काठमाडौं महानगरपालिका वडा नम्बर- ६, बौद्ध महांकालमा रहेको जनकल्याण माध्यामिक विद्यालय, चाबहिलको चुच्चेपाटीबाट महांकाल सडक हुँदै जाँदा करिब डेढ किलोमिटर पर एउटा मन्दिर छ। मन्दिरको छेउमै छ जनकल्याण माध्यमिक विद्यालय। विद्यालयको परिवेश मन लोभ्याउने खालको छ, हरियालीयुक्त छ। गेटबाट प्रवेश गर्नासाथ पानीको झरना देखा पर्छ जहाँ बालबालिकाहरू रमाउँछन्।

बिहान करिब ८:४० बजे हामी पुग्दा, जस्तो विद्यालयको वातावरण तेस्तै रुपमा एसईईको परिक्षा संचालन भईरहेको थियो । गेटमा परीक्षाको सुरक्षाको लागि प्रहरी तैनाथ, परिक्षा संचालन भईरहेका कक्षाकोठाहरु शान्त, विद्यार्थीहरु अनुशासित रुपमा बसेका र लेखेका । यो देख्दा लाग्थ्यो, शान्तिपूर्ण, मर्यादित र अनुशानको अर्को रुप छैन ।

हामीले यस परिक्षा केन्द्रका केन्द्राध्यक्ष दिपक बाबु श्रेष्ठलाई सोध्यौ, ” सर विद्यालय र वातावरण त अत्यन्तै सुन्दर छ, परिक्षा कस्तो भईरहेको छ ?: श्रेष्ठले मुसुक्क हासेर भन्नु भयो, “विद्यालय र वातावरण अत्यन्तै सुन्दर भन्नु भएकोमा धेरै धन्यवाद, परिक्षा राम्रो संग अगाडी बढिरहेको छ, केन्द्रमा पनि शान्तिपूर्ण, मर्यादित र अनुशासित रुपमा परिक्षा संचालन भईरहेको छ । यस परिक्षा केन्द्रमा ६ वटा सस्थागत विद्यालयका ३०६ जना विद्यार्थीले परिक्षा दिईरहेका छन् । जसमा, १७५ जना छात्र र १३१ जना छात्राहरु सहभागी छन् । आज सम्म हाम्रो केन्द्रमा मर्यादित रुपमा परिक्षा संचालन भयो, अब बाकीं परिक्षा पनि राम्ररी सम्पन्न हुने छ, म तपाईको मिडिया मार्फत यो विश्वास व्यक्त गर्दछु ।”

काठमाडौंको एउटा राम्रो र नमूना सामुदायिक विद्यालयका रूपमा जनकल्याण मा.वि पर्छ । विद्यालय परिसर करिब तीन रोपनी जमिनमा फैलिएको छ। अहिले यो विद्यालयमा २७०० विद्यार्थी अध्ययनरत छन् ।


प्रतिकृया दिनुहोस्