काठमाडौं । आईसीसी टी–२० विश्वकपमा नेदरल्यान्ड्सले पहिलो जित निकाल्ने क्रममा नामिबियालाई सात विकेटले हराएको छ । मंगलबार भारतको नयाँदिल्लीस्थित अरुण जेट्ली रंगशालामा सम्पन्न खेलमा नामिबियाले प्रस्तुत गरेको १५७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । नेदरल्यान्ड्सको जितमा बास डे लिडेले सर्वाधिक ७२ रन बनाए । उनले...
काभ्रे । रामेछापमा दुर्घटना भएको बसमा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो । दुर्घटनाबाट उद्धार गरेर अस्पताल पुर्याइएका पाँच जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए । दुर्घटनास्थबाट उद्धार गरिएका १३ जनामध्ये गम्भीर घाइते...
काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २१ मा हुने चुनावसम्बन्धी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा सहभागी उत्कृष्ट तीन वटा भिडियोलाई पुरस्कृत गर्ने आयोगले जनाएको छ । पहिलो हुनेले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोगले आज निकालेको सूचनामा...