Hamro Sanchar

पीएन क्याम्पस पोखरामा अनेरास्ववियुको प्यानलै विजयी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ११ गते


पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियूमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।

अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल ११०५ मत ल्याउदै निर्वाचित भए। नेविसंघका सुशील न्यौपानेले ५०३ मत पाएका छन् । स्वतन्त्र रुपमा उठेकी विप्लवीले ४६९ मत पाएकी छन् ।

सचिवमा अनेरास्ववियुका विराट दुवाडीले १४१३ र कोषाध्यक्षमा अनेरास्ववियुकि सन्दिका गुरुङले १३०४ मत पाउदै बिजयी भए ।

 

 

 

 


प्रतिकृया दिनुहोस्