Skip

Hamro Sanchar

१६३६ किलो गाँजासहित २ जना युवक पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ८ गते


हापा । झापाबाट सशस्त्र प्रहरीले एक हजार ६ सय ३६ किलो गाँजासहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ।

बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट सशस्त्र प्रहरीले एक हजार ६ सय ३६ किलो गाँजासहित दुईवट ट्रक नियन्त्रणमा लिएको हो।

इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनी ट्रकलाई सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको हो।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल १ नम्बर बराह बाहिनी मुख्यालयबाट सशस्त्र प्रहरी उपरीक्षक विक्रम होमागाईको कमान्डमा खटिएको विशेष टोली र नं। २ गण झापा सुरक्षा वेशबाट खटिएको संयुक्त सुरक्षा फौज जाँचका क्रममा ५७ बोरा गाँजा बरामद गरेको हो।

गाँजा सहित धनकुटाको शहिदभूमी नगरपालिका–४ बस्ने महेश राई र इलामको माई जोगाई गाउँपालिका–२ बस्ने ३७ वर्षीय गंगा बहादुर बस्नेतलाईसमेत नियन्त्रणमा लिएको होमागाईले बताए।

उनीहरूको साथबाट नेपाली ८७ हजार ८ सय ८० रुपैयाँ र ५ थान मोबाइल सेटसमेत बरामद भएको सशस्त्रले जनाएको छ।

उनीहरुलाई गाँजा तथा ट्रकसहित सशस्त्र प्रहरीले आवश्यक कारवाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ ।


प्रतिकृया दिनुहोस्