Hamro Sanchar

गणेश पाण्डेद्वारा एमाले प्रचार विभाग सचिवबाट राजीनामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ७ गते


काठमाडौं । नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गणेश पाण्डेले राजीनामा दिएका छन् ।

पार्टी केन्द्रीय सचिवालयको फागुन २८ गतेको बैठकले उनलाई सचिवमा मनोनीत गरेको थियो । गत चैत ३ गते उनले शपथ लिएका थिए ।

महासचिव शंकर पोखरेललाई सम्बोधन गरेर बुझाएको राजीनामा पत्रमा आफू प्रेस चौतारीको आसन्न १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको दाबेदार रहेका कारण दोहोरो जिम्मेवारीमा नरहने मनसाय रहेको उल्लेख गरेका छन् ।

 


प्रतिकृया दिनुहोस्