Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भुटानी शरणार्थी प्रकरण : बेचन झा थुनामै रहने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ३ गते


Advertisement

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा मुछिएका बेचन झाले थुनामुक्तको माग गर्दै दायर गरेको रिट खारेज भएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुलअजिज मुसल्मानको इजलासले सोमबार रिट खारेज गरिदिएको हो।

गत माघ २ गते झाले थुनामुक्तको मागसहित निवेदन दायर गरेका थिए।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्न झाको पनि संलग्नता रहेको आरोपमा प्रहरीले गत असार १३ गते उनलाई पक्राउ गरेको थियो। उनीविरुद्ध चार कसुरमा मुद्दा दायर भएको थियो।

पर्साको वीरगन्ज उपमहानगरपालिका ७ का ६६ वर्षीय झाविरुद्ध ठगी, लिखित किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको थियो।

झासमेतका प्रतिवादीहरूले २८ करोड ८१ लाख ७४ हजार ५ सय रूपैयाँ पीडितबाट ठगी गरेको आरोप छ।

उनलाई राष्ट्र हित प्रतिकूलको कसुरमा ५ वर्ष कैद र ५० हजार जरिवाना, ठगीको कसुरमा ७ वर्ष कैद र ७० हजार रूपैयाँ जरिवाना, किर्तेको कसुरमा ७ वर्ष कैद र ७० हजार जरिवाना, संगठित अपराधमा ५ वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको माग गरिएको छ।

यही कसुरमा गतवर्ष पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहसचिव टेकनारायण पाण्डेसहितका ८ प्रतिवादीहरु पुर्पक्षका लागि थुनामै छन्।

पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितका अधिकांस प्रतिवादीहरु भने उच्च अदालत र सर्वोच्च अदालतबाट रिहा भएका छन् ।


प्रतिकृया दिनुहोस्