Skip

Hamro Sanchar

राजा-महाराजा अन्तर्राष्ट्रिय वेश्यालय धाएर देशको बेइज्जत गर्थे :  प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ३ गते


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले राजावादीहरुले गरिरहेको गतिविधि संविधानविपरीत भएको दाबी गरेका छन् ।

राजेन्द्र श्रेष्ठद्वारा लिखित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतालाई फेरि रैती बनाउने र अधिकार खोस्नेतर्फ केन्द्रित रहेको बताए ।

उनले युवाहरुलाई हिजो के भएको थियो भन्ने कुरा राम्रोसँग बुझाउनुपर्ने बताए ।

प्रचण्डले भने, ‘कोत पर्व के थियो ? भण्डारखाल ककसको झगडाले भएको हो ? त्यहाँ सयौं भारदारहरुको कत्लेआम कसरी गरिएको थियो ? नेपालको नक्सालाई संकुचित बनाउने काम दरबारिया राजाहरुले कसरी गरेका थिए ? विदेशीको चाकडी कसरी गरेका थिए ? हिजोका राजा र महाराजाहरु अन्तर्राष्ट्रिय रुपमा वेश्यालयमा गएर नेपालको बेइज्जत कत्ति धेरै गराएका थिए रु यही अस्ति भर्खरै कलकत्तामा बेइज्जत गरेर जवहारलाल नेहरुले त तिमीहरुको राजाले त बेइज्जत नै ग¥यो, छिटो फर्काउ भन्नपर्ने, त्यो स्तरको कसले गरेको थियो रु नमिता-सुमिता हत्याकाण्ड के थियो ? दरबार हत्याकाण्ड कसले कसरी गरेको हो ? यो युवाहरुलाई बुझाउर्छ ।’

उनले मौलिक अधिकार र सामान्य प्रेस स्वतन्त्रता पनि हरण गरेर जेल, नेल र हत्या कसरी हुने गरेको थियो भन्ने कुरा युवाहरुलाई थाहा नभएकाले बुझाउनुपर्ने बताए ।


प्रतिकृया दिनुहोस्