Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रघुजी पन्त र ज्ञानेन्द्र शाहीबीच चर्काचर्की : आफु मसँग विवाद गर्न इतिहास पढेर आऊन पन्तको सुझाव

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, २ गते


Advertisement

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसद र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)बीच चर्काचर्की परेको छ।

आजको बैठकमा पन्तले राजतन्त्रकालका घटनाका विषयमा धारणा राख्दा सांसद शाहीले नियमापत्ति भन्दै उठेर सभामुख देवराज घिमिरेसमक्ष समय माग गरे।

सभामुखले तत्कालै भने, ‘मैले समय दिएको छैन माननीयज्यू, आसनग्रहण गर्नुस्।’

त्यसअघि सांसद पन्तले तत्कालीन राजा वीरेन्द्र शाहले भारतको कोलकातामा स्त्रीसँग सम्बन्ध राखेको भनेपछि शाहीले आपत्ति जनाएका थिए। पन्तले त्यतिबेला भारतका प्रधानमन्त्रीले नेपालका राजामाथि प्रश्न उठाएको दाबीसहित प्रसंग उठाएका थिए।

म इतिहासबाट साबित गर्न सक्छु। मसँग बहस गर्ने हो भने इतिहास पढेर आउने मिस्टर माननीय, पन्तले भने, जुम्लामा हाहु गरेर आएको जस्तो होइन।


प्रतिकृया दिनुहोस्