Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एकीकृत समाजवादी दोलखाको कार्यवाहक अध्यक्षमा अशोक दाहाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, ३० गते


Advertisement

दोलखा, चैत १- नेकपा एकीकृत समाजवादी दोलखाको कार्यवाहक अध्यक्षको जिम्मेवारी अशोक दाहाललाई दिइएको छ ।

जिल्ला कमिटी अध्यक्ष भिम दाहाल बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनबाट प्रदेश कमिटी अध्यक्षमा निर्वाचित भएपछि दोलखा अध्यक्षको कार्यभार सम्हाल्ने जिम्मेवारी उपाध्यक्षसमेत रहेका दाहाललाई प्रदान गरिएको हो ।

दाहाल यसअघि जिल्ला उपाध्यक्ष रहेका जिम्मेवारीमा रहेका थिए ।

शुक्रबार जिल्ला पार्टी कार्यालय चरिकोटमा पोलिट्व्युरो सदस्य एवं जिल्ला इन्चार्ज शिव प्रसाद भण्डारी, केन्द्रिय सदस्य एवं सह इन्चार्ज गोपाल न्यौपाने, केन्द्रिय सदस्य दोलखा सह इन्चार्ज एवं राष्ट्रिय सभा सदस्य घनश्याम रिजालको उपस्थितिमा अध्यक्ष भिम दाहालले उपाध्यक्ष अशोक दाहाललाई कार्यवाह अध्यक्षको जिम्मेवारी पत्र प्रदान गरेका हुन् ।

 


प्रतिकृया दिनुहोस्