Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

माटाको ढिस्कामा पुरिएर हुम्लामा १ जनाको मृत्यु, ४ घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २८ गते


Advertisement

हुम्ला । सर्केगाड गाउँपालिका- ८ मा माटोको ढिस्काले पुरिएर १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

घर पोत्ने माटो खन्ने क्रममा सर्केगाड गाउँपालिका-७ की २८ वर्षीय नेत्रकला जैसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार सर्केगाड गाउँपालिका-८ स्थित ढाडकोटमा माटो खन्ने क्रममा सर्केगाड गाउँपालिका-७ की तीर्थकला जैसी, मञ्जली जैसी, बालकी जैसी, लक्ष्मी जैसी घाइते भएका जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले जानकारी दिए।

उनका अनुसार नेत्रकला जैसीको घटना स्थलमै मृत्यु भएको हो। घाइतेहरू २५ वर्षदेखि २८ वर्षका रहेका उनको भनाइ छ ।


प्रतिकृया दिनुहोस्