Hamro Sanchar

युवतीले मानसिक तनाव दिएको भन्दै एक युवकले गरे आत्मदाहको प्रयास

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २८ गते


काठमाडौं । काठमाडौंको चन्द्रगिरिमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । स्थानीय उत्तम कार्कीले आफ्नौ घरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका हुन् ।

फेसबुक लाइभमा आफूले प्रहरी प्रशासनदेखि धेरै व्यक्तिले मानसिक तनाव दिएको उनले बताएका छन् ।

उनले नाम उल्लेख गर्दै स्थानीय एक युवतीले मानसिक तनाव दिएको आरोप लगाएका छन् । उनकै कारण आफू पक्राउ परेको, पारिवारिक सम्बन्ध बिग्रिएको बताएका छन् ।

अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको उपचार भइरहेको छ ।


प्रतिकृया दिनुहोस्