Hamro Sanchar

स्ववियु चुनाव : त्रिविका ६२ आंगिक क्याम्पसमध्ये ५५ मा उम्मेदवारी दर्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २७ गते


काठमाडौं । चैत्र ५ मा हुने स्ववियु निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालयका ५५ आंगिक क्याम्पसमा उम्मेदवारी दर्ता भएको छ ।

देशभरका सात क्याम्पसमा उम्मेदवारी दर्ता हुन नसकेको त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याणकारी परिषद्ले जानकारी गराएको छ ।

काठमाडौं उपत्यकाका चार क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया स्थगित भएको छ । २७ फागुन ९आज०का लागि तोकिएको उम्मेदवारको मनोनयन दर्ता उपत्यकाका चार क्याम्पसमा हुन नसकेको परिषद्ले जानकारी गराएको छ ।

विद्यार्थीहरूको विवाद, भर्नाको विषय लगायतका कारणले नेपाल ल, पव्लिक युथ, सरस्वती क्याम्पस र विश्वभाषा क्याम्पसमा उम्मेदवारी दर्ता हुन सकेको छैन ।

उपत्यकाका अरु क्याम्पसमा भने उम्मेदवारी दर्ता भएको त्रिविका शिक्षाध्यक्ष खड्ग केसीले जानकारी गराए ।

मधेस २, काठमाडौंका ४ र लुम्बिनीको एक गरी सात क्याम्पसमा उम्मेदवारी दर्ता हुन नसकेको केसीले बताए ।

‘६२ आंगिक क्याम्पसमध्ये ५५ मा शान्तिपूर्ण ढंगले उम्मेदवारको मनोनयन दर्ता भएको छ,’ केसीले भने । रोकिएका स्थानमा १५ दिनभित्र गर्नुपर्ने भनिएकाले चैत ५ वरपर निर्वाचन हुने अपेक्षा केसीले गरेका छन् ।


प्रतिकृया दिनुहोस्