Hamro Sanchar

लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीलाई प्रचण्डको आग्रह

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २७ गते


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीहरूलाई आग्रह गरेका छन् ।

‘राजावादीहरूलाई मेरो आग्रह छ– लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस्,’ मंगलबार संसद्‍मा विशेष समय लिएर बोल्दै प्रचण्डले भने ।

लोकतन्त्र जति प्रचण्डको हो त्यति नै ज्ञानेन्द्र शाहको पनि भएको र यही भाव संविधानमा रहेको उनले बताए ।

‘लोकतन्त्रमा मूलभूत मान्यता नमानेर असंवैधानिक र अलोकतान्त्रिक बाटो रोजियो भने क्रान्ती फेरि एक पटक आफ्नो शक्ति देखाउने छ’ उनले चेतावनी दिए ।


प्रतिकृया दिनुहोस्