
काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा डा.रघुराज काफ्लेलाई नियुक्त गरेको छ ।
सिफारिस समितिको सुझावका आधारमा छनोटमा परेका तीन जनामध्ये तनहुँका काफ्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन् ।
स्वास्थ्य मन्त्रालयले डा.काफ्लेसहित डा.कृष्णप्रसाद अधिकारी र कमल पन्थीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गठन गरेको बीमा सुझाव कार्यदलमा डा.काफ्ले सदस्य थिए ।
यसअघि डा.काफ्ले गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष तथा वैदेशिक रोजगार बोर्डको कार्यकारी समेत भएका थिए ।
बोर्डमा रहँदा डा.काफ्लेले श्रमिक र आश्रित परिवारको हितमा विभिन्न कल्याणकारी कार्यक्रम सुरु गरेका थिए । राहत रकममा चार सय प्रतिशत वृद्धि तथा बीमामा शतप्रतिशत वृद्धि गर्ने निर्णय उनको नेतृत्वमा भएको थियो । गम्भीर रोगका लागि श्रमिक बिमा कार्यक्रम पनि उनैले सुरु गरेका थिए ।
डा काफ्ले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा एक दशक बढी वरिष्ठ अधिकारीका रुपमा कार्यरत उनी विकास रणनीति निर्माणमा संलग्न थिए छ । अर्थशास्त्रमा विद्यावारिधि डा. काफ्लेले लामो समय प्राध्यापनसमेत गरेका थिए ।