
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचनका लागि उम्मेदवारको मनोनयन मंगलबार हुँदैछ। बिहान ११ देखि २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका छ।
यसअघि सोमबार प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन पत्र वितरण तथा विद्यार्थी संगठन दर्ता भएको थियो।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ।
त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुन लागेको हो। निर्वाचनमा २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ ।