Hamro Sanchar

परराष्ट्रमन्त्री आरजु राणा भारत प्रस्थान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २६ गते


काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् । राणा भारतको विदेश मन्त्रालयद्वारा मार्च १७ देखि नयाँ दिल्लीमा आयोजित राइसिना डायलगमा सहभागी हुने छिन् ।

भारत सरकारको निमन्त्रणामा उक्त डायलगमा मन्त्री डा. राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीको सहभागिता रहनेछ । कार्यक्रममा मन्त्री डा. राणाले सम्बोधन गर्ने छन् ।

उनी भारतको झारखण्डस्थित बाबा वैद्यनाथ धाममा पूजाआजा गर्न पनि जाने छिन् ।

राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरे । यही क्रममा राणाले स्वास्थ्य जाँचको फलोअप पनि गराउने छिन् ।


प्रतिकृया दिनुहोस्