Hamro Sanchar

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा बुवाको मृत्यु, १२ वर्षका छोरा घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २६ गते


बाजुरा । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा बुवाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन्।

गएराति खप्तड छेडेदह गाउँपालिका-५ को चिराल्नामा भे २ त १५८८ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो।

दुर्घटनामा ट्याक्टर चालक बुढीगंगा नगरपालिका-४ खोलालवाडा घर भएका ३२ वर्षीय पदम रावतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

दुर्घटनामा उनका छोरा १२ वर्षीय शमशेर रावत घाइते भएका छन्। उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ट्याक्टरमा चार जना सवार थिए। अन्य दुईजना भने सकुशल छन् ।


प्रतिकृया दिनुहोस्