
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो ।
महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७१ हजार ३०० रुपैयाँ थियो । बुधबार भने घटेर तोलामा १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको हो ।