Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

याे सरकार पूँजीपतिहरूको घुस खाएर बनेको हो : प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, १२ गते


Advertisement

झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूँजीपतिहरूसँग घुस खाएर यो सरकार बनेको दाबी गरेका छन् ।

झापाबाट तराई मधेश जागरण अभियान उद्घाटन गर्दै प्रचण्डले ठूला पूँजीपतिहरूले आफ्नो घरमा नेताहरु बोलाएर यो सरकार बनाएको बताए ।

‘नेताहरूको आपसी छलफल गरेर यो बनेको होइन, ठूला पूँजीपतिहरुले आफ्नो घरमा बोलाएर बनाएको हो,’ प्रचण्डले भने, ‘पूँजीपतिहरूको घुस खाएर बनेको सरकार हो यो ।’

आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरोधी अभियान चलाएपछि नेपाली कांग्रेस र नेकपा एमालेको अप्राकृतिक सरकार बनेको प्रचण्डले बताए ।


प्रतिकृया दिनुहोस्