Hamro Sanchar

सुनको मूल्य तोलाको एक लाख ७१ हजार नजिक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, १२ गते


काठमाडौं । नेपाली बजारमा सोमबार ९फागुन १२० सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ७० हजार ८०० रुपैयाँ कायम छ । आइतबार (फागुन ११) छापावाल सुन प्रतितोला एक लाख ७० हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो


प्रतिकृया दिनुहोस्