
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण कांग्रेस-एमालेबीच सत्ता सहकार्य भएको दाबी गरेका छन्
आज रोल्पाको लिवाङमा आयोजित पार्टीको दोस्रो जिल्ला सम्मेलन तथा सभामा सम्बोधन गर्दै महामन्त्री थापाले भने
‘प्रचण्डको चकचक देखेपछि, उपद्रो देखेपछि आजित भएको कांग्रेस र एमालेले मिलेर अहिलेको सरकार बन्यो,’ ।
साथै, उनले कांग्रेसले एमालेसँग गरेको समझदारी अनुसार ०८४ सम्म चल्ने पनि जिकिर गरेका छन् ।