Hamro Sanchar

आज सुनको मुल्य बढ्यो, चाँदीको घट्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, ११ गते


काठमाडौं । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ ।

अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ७० हजार रुपैयाँमा कारोबार भएकोमा आज बढेर एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ भने आज घटेको छ । चाँदीको भाउ २० रुपैयाँले घटेर तोलाको एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति चाँदीको भाउ तोलाको एक हजार नौ सय ९० रुपैयाँ रहेको थियो ।


प्रतिकृया दिनुहोस्