
काठमाडौं । प्रथम महिला राधिका शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीको मिहिनेतको प्रशंसा गरेकी छन् ।
आज काठमाडौंमा आयोजित आफ्नो आत्मकथा ‘करुणा’ लोकार्पण समारोहमा उनले कतिपयले ओलीलाई अल्छी भनेरे गर्ने गरेको टिप्पणी गलत भएको बताइन् ।
ओलीलाई कतिपयले अल्छी भन्ने, एताको सिन्को उता नसार्ने भनेर कमेन्ट गर्ने गरेको आफूले पनि सुनेको भन्दै उनले यो प्रशंग कोट्याएकी थिइन् ।
‘मलाई भन्न मन लागेको छ । हिजो बिहानदेखि आज बिहान साढे चार बजेसम्म उहाँ काम गरिरहनुभएको थियो । उहाँ कोठामा आउँदा साढे चार बजे, सायद सुत्दा बिहान पाँच बजेको थियो होला,’ उनले प्रश्न गरिन्, ‘उहाँलाई सक्रिय भन्ने कि निष्क्रिय ?
उनले ओलीजस्तो मिहिनेती मान्छे विश्वमै नभएको बताएकी छन् । कमेन्ट गर्न पायो भन्दैमा, होच्याउन पायो भन्दैमा अलिकति पनि नमिल्ने ढंगले कमेन्ट गर्नु ठीक नभएको भन्दै उनले कमेन्ट पनि सत्यताको नजिक पुग्नुपर्ने बताइन् ।