Hamro Sanchar

कुम्भमेलाबाट फर्कंदै गरेका नेपाली चढेको जीप दुर्घटना हुदा ४ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, १० गते


काठमाडौं । भारतको प्रयागराजमा महाकुम्भ स्नान गरी फर्किंदै गरेका ४ जना नेपालीको जीप दुर्घटनामा परि मृत्यु भएको छ ।

भारतको उत्तर प्रदेश राज्यअन्तर्गत गोरखपुरमा जीप ट्याक्टरसँग ठोक्किदा सप्तरीका तीन जना र सुनसरीका एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका–७ का ६३ वर्षीय पर्शुराम चौधरी, ६२ वर्षीया लीलाबती देवी चौधरी र कञ्चनरुप–५ की ५५ वर्षीया हरिहरदेवी यादव रहेका कञ्चनरुप–७ का वडाध्यक्ष श्यामानन्द चौधरीले जानकारी दिनुभयो ।

यस्तै सुनसरीको कोशी गाउँपालिका–२ की ६० वर्षीया सन्तोलियादेवी यादवको पनि मृत्यु भएको छ । चारै जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् ।


प्रतिकृया दिनुहोस्