
काठमाडौं । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ ।
आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेर तोलामा एक लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर एक हजार नौ सय ९५ रुपैयाँ कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ८५ रुपैयाँ रहेको थियो ।