
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य १२ सय रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य १५ रुपैयाँ बढेर कारोबार भएको छ । चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।