
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा एक सांसदले सोधेको प्रश्नलाई लिएर आपत्ति जनाएका छन् । उनले प्रश्नको जवाफ नदिइकन पन्छाए ।
सांसद प्रभू साहले नेपालीहरुलाई विदेशिनबाट रोक्न नसकेकोदेखि अध्यादेश पारित गर्न बहुमत जुटाउन नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।
जवाफ दिने क्रममा प्रधानमन्त्रीले सुरूमै असन्तुष्टि जनाए ।
उनले भने, ‘सम्माननीय सभामुख महोदय । उहाँका प्रश्नहरु उहाँको मनमा रहेका विरोध घृणा आक्रोश आदिले अपमानजनक समेत रहेका छन् । संसदजस्तो गरिमामय स्थानमा यस्तो भाषा, तपाईंलाई मान्छे विदेश पठाएर के लाभ भयो रु भन्नेजस्तो भाषा‘ म म्यानपावर कम्पनीको मान्छे हो ? अहिले म सरकारमा आएपछि ८ महिनामा सुरु भएको हो यो रु तपाईंले भनेको ७० लाख ८ महिनामा गएका हुन् ?
प्रधानमन्त्रीले बोल्दै गर्दा साहले प्रतिवादका लागि माइक समातेर उभिए । तर, दोहोरो बहस नहुने भन्दै सभामुख देवराज घिमिरेले उनलाई आसन ग्रहण गर्न लगाए । त्यसपछि प्रधानमन्त्रीले आफ्नो जवाफ छोट्याए । उनले प्रश्नको उत्तरमा प्रवेशै गरेनन् ।
ओली, भने ‘माननीयज्यूले गर्नुभएका प्रश्नमा खासै जवाफ दिनुपर्ने छैन । सबैको जवाफ आफैंले बोकेर आउनुभएको छ प्रश्नमा । मैले उत्तर दिइरहनु परेन । यहाँलाई धन्यवाद छ ।’
यो आजको अन्तिम प्रश्नोत्तर थियो । सभामुखले प्रश्नोत्तर समाप्त भएको भन्दै प्रधानमन्त्रीलाई आसनग्रहणका लागि अनुरोध गरे ।