
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जाजरकोट भूकम्पबाट प्रभावितका नाममा भ्रष्टाचार भएको जिकिर गरेका छन् ।
उनले कुल ३९ हजार घुरी घर भएको ठाउँमा ४८ हजारलाई पहिलो किस्तास्वरुप रकम वितरण गरिएको भन्दै प्रश्न उठाएका हुन् ।
सांसदसँगको प्रश्नोत्तरमा सहभागी उनले भने, ‘३७ हजार घर भएको ठाउँमा ४८ हजार घरलाई पहिलो किस्ता वितरण गरेको छ ।
कहाँबाट आयो त्यत्रो घर ? त्यो ठाउँमा ३७ हजार घर भत्किएर ४८ हजारलाई कसरी वितरण गरियो । के भएर यस्तो भयो ।