Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

शंकर पोखरेल भन्छन् : विकल्प प्रयोग गरेरै भए पनि अध्यादेश पारित गर्छौं

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २ गते


Advertisement

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेशको विरोध गरेर पारित हुनबाट नरोकिने बताएका छन्।

शुक्रवार नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित नेपालका लागि आइसिटी आधारित उद्यमशीलताः आर्थिक समृद्धिको नयाँ बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले ल्याएको अध्यादेश देशको अर्थतन्त्र चलायमान बनाउने र उद्योग क्षेत्रलाई प्रवर्धन गर्ने हिसाबले ल्याएको दावी गरे। उनले अध्यादेशको विरोध भयो भनेर असफल नहुने बताए।

उनले दुई प्रमुख राजनीतिक दलहरूले सचेततापूर्वक अध्यादेश ल्याएको उल्लेख गर्दै पारित गर्ने अनेक विकल्प रहेको बताए। विकल्प प्रयोग गरेर भए पनि अध्यादेशलाई राज्यको कानूनमा ढाल्ने बताए। अध्यादेश आफैँमा कानून भएको बताए। कार्यान्वयनका लागि नियमावली नरहेको कुरा आएको भन्दै नियम बनाएर गर्ने भन्ने चिजका लागि मात्रै नियमावली आवश्यक हुने बताए।

महासचिव पोखरेलले भने, ‘अहिले सरकारले जुन हिसाबले अध्यादेशका माध्यमबाट यो क्षेत्रलाई सम्बोधन गर्ने कोसिस गरेको छ। अध्यादेशको विरोध भयो भन्नेबित्तिकै त्यो असफल हुन्छ भन्ने नठान्नुहोला। कसैले विरोध गर्‍यो भनेर त्यो विरोधले रोकिनेवाला छैन। अनेक विकल्प छन्। विकल्प प्रयोग गरेर भए पनि हामी त्यसलाई राज्यको कानूनमा ढालिहाल्छौँ।’

महासचिव पोखरेलले सरकारले आइसिटी बाहेक अरू कुनै क्षेत्रका लागि विदेशमा लगानी गर्ने अनुमति नदिएको बताए


प्रतिकृया दिनुहोस्