Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

तोलामा २७ सय रुपैयाँले घट्यो सुनको मुल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, ३० गते


Advertisement

काठमाडौं । विगत तीन दिनदेखि लगातार बढ्दै आएको सुनको मूल्यमा आज व्यापक गिरावट आएको छ। सुनको मूल्य आज तोलामा दुई हजार सातसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मूल्य घटेर आज सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार पाँचसय रुपैयाँमा झरेको छ। सुनको मूल्य हिजो एक लाख ७० हजार दुईसय रुपैयाँ थियो।

गएको आइतबारदेखि मंगलबारसम्म सुनको मूल्य लगातार बढ्दै आएको थियो। हिजो सुन प्रतितोला ६ सय रुपैयाँ बढेको थियो। सुनको मूल्य सोमबार प्रतितोला एक हजार चारसय रुपैयाँ बढेको थियो

आइतबार सुन एक लाख ६८ हजार दुईसय रुपैयाँमा किनबेच भएको थियो। अघिल्लो साताका तीन दिनमा पाँच हजार सातसय रुपैयाँ बढेको सुनको मूल्यमा शुक्रबार प्रतितोला चारसय रुपैयाँ मात्रै घटेको थियो

आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ घटेको छ। आज चाँदी प्रतितोला एक हजार नौसय ३० रुपैयाँमा किनबेच भइरहेको छ।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि मंसिर तेस्रो साता सुनचाँदीकै मूल्यमा उच्च गिरावट आएको थियो। ।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि मंसिर तेस्रो साता सुनचाँदीकै मूल्यमा उच्च गिरावट आएको थियो।


प्रतिकृया दिनुहोस्