Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुनको मूल्य फेरि १ लाख ७० हजार नाघ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, २९ गते


Advertisement

काठमाडौं । आज पनि सुनको मूल्य बढेको छ। गएको आइतबार र सोमबार बढेको सुनको मूल्य आज पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतितोला ६ सय बढेर आज सुनको मूल्य प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँ पुगेको छ।

गएको शुक्रबार थोरै घटेको सुनको मूल्य त्यसयताका तीन दिन लगातार बढिरहेको छ। सुनको मूल्य हिजो प्रतितोला एक हजार चारसय रुपैयाँ बढेको थियो

आइतबार सुन एक लाख ६८ हजार दुईसय रुपैयाँमा किनबेच भएको थियो। गत साताका तीन दिनमा पाँच हजार सातसय रुपैयाँ बढेको सुनको मूल्यमा शुक्रबार प्रतितोला चारसय रुपैयाँ गिरावट आएको थियो

आज चाँदीको मूल्य भने प्रतितोला ३० रुपैयाँ घटेको छ। आज चाँदी प्रतितोला एक हजार नौसय ४५ रुपैयाँमा किनबेच भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला एक हजार नौसय ७५ रुपैयाँ थियो।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि मंसिर तेस्रो साता सुनचाँदीकै मूल्यमा उच्च गिरावट आएको थियो।

त्यतिबेला घटेर एक लाख ४९ हजार रुपैयाँ भन्दा पनि तल झरेको सुनको मूल्य फेरि उच्च बन्दै गएको हो ।


प्रतिकृया दिनुहोस्