Skip

Hamro Sanchar

एकैदिन तोलामा २२ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, २३ गते


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनको मूल्य आज २२ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

हिजो तोलामा एक लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको छ । आज एक हजार ९७५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।


प्रतिकृया दिनुहोस्