Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ताेलामा १ हजार रुपैयाँले बढ्यो सुनकाे मुल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, ११ गते


Advertisement

काठमाडौं । हिजो (बिहीबार)घटेको सुनको मूल्य आज बढेको छ। सुनको मूल्य आज तोलाको एक हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको मंगलबार र बुधबार तीन हजार रुपैयाँ बढेको सुनको मूल्य हिजो तोलाको चारसय रुपैयाँ घटेको थियो। हिजो सुन एक लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलाको पाँच रुपैयाँ बढेको छ। चाँदीको मूल्य आज प्रतितोला एक हजार आठसय ८० रुपैयाँ कायम भएको हो। हिजो चाँदीको मूल्य एक हजार आठसय ७५ रुपैयाँ थियो।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो।


प्रतिकृया दिनुहोस्