Hamro Sanchar

ताेलामा ८ सय रुपैयाँले घट्यो सुनकाे मुल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, ६ गते


काठमाडौं । केही दिनयता बढेको सुनको मुल्य आज घटेको छ । नेपाली बजारमा सुनको भाउ आइतबार तोलामा ८ सय रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ८ सयले घटेर तोलाको १ लाख ५७ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार १ हजार ३ सय बढेर तोलाको १ लाख ५७ हजार ९ सय रुपैयाँ पुगेको थियो । बिहीबार १ हजार २ सयले बढेर १ लाख ५६ हजार ६सय र बुधबार ४ सयले बढेर १ लाख ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको भाउ पनि घटेको छ । महासंघका अनुसार आयतबार चाँदी ३० ले घटेर तोलामा १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार १० ले बढेर १ हजार ८ सय ९० तथा बिहीबार ५० ले बढेर तोलाको १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिकृया दिनुहोस्