Hamro Sanchar

हरहरमहादेवको शिवम मार्गी एकीकृत महिला समाजको प्रथम वार्षिक उत्सव सम्पन्न

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, ४ गते


काठमाडौं, माघ ४- कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर-७ हरहरमहादेवको शिवम मार्गी एकीकृत महिला समाजको प्रथम वार्षिक उत्सव सम्पन्न भएको छ । समाजले बिहिबार शिवम मार्ग टोलमा एक कार्यक्रमको आयोजना गरि प्रथम वार्षिक उत्सव सम्पन्न भएको छ ।

समाजले स्थापनाको एक बर्ष अवधिमा गरेका क्रियाकलापको डकुमेन्ट्री प्रस्तुत गरेको थियो । जसमा निशुल्क आँखा परिक्षण, निशुल्क स्त्री रोग बिशेषज्ञ परामर्श कार्यक्रम, सरसफाई, वृक्षारोपण, योग साधना केन्द्रको स्थापनालगायत रचनात्मक कार्यहरु गरिरहेको छ ।

९८ घरधुरी रहेको शिवम मार्गका ५४ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । भने समाजले उक्त टोलका बासिन्दा विद्यावारिधि गरेका डाक्टर नारायण प्रसाद चुडाल र डाक्टर दिपक महतलाई पनि सम्मान गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख उपेन्द्र कार्कीले महिला समाजले गरेको क्रियाकलापहरुको खुलेर प्रशंसा गरेका थिए । स्थानीय सरकारको तल्लो तह भनेको नै टोल सुधार समिति रहेको स्मरण गराउदै उनले शिवम मार्गी एकीकृत महिला समाजले स्थापनादेखि गरेका रचनात्मक कार्यलाई नगरपालिकाले साथ दिने प्रतिबद्धता जनाए । साथै नगरप्रमुख कार्कीले महिला तथा बालबालिका शाखासँग समन्वय गरेर २ लाखसम्मको रचनात्मक र समाजमा सकारात्मक प्रभाव पार्ने कुनै कार्यक्रम गर्न अनुरोध गरे ।

संस्था राम्रो बन्दै गएपछि चुनौती पनि त्यतिकै थपिने भन्दै संयमित भएर समाजका क्रियाकलापलाई अगाडी बढाउन प्रमुख कार्कीले सुझावसमेत दिए ।

महासचिव आस्था सुवेदीले संचालन गरेको कार्यक्रममा बिशेष अतिथि वडा नम्बर-७ का कार्यवाहक अध्यक्ष भक्त थापा, महिला बालबालिका शाखा प्रमुख श्रेष्ठ र सम्मानित हुने डाक्टर चुडालले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गीता अर्यालले समापन गरेकी थिइन् ।

समाजले तयार पारेको डकुमेन्ट्री यस्तो छ-

यो पनि पढ्नुहोस्- जेष्ठ नागरिकका लागि ‘डे केयर’ संचालन गर्छौं- नगरप्रमुख कार्की


प्रतिकृया दिनुहोस्