Hamro Sanchar

तोलामा ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, १ गते


काठमाडौं । नेपाली बाजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ घटेर कारोबार भइरहेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी प्रतितोला ४० रुपैयाँ घटेर एक हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिकृया दिनुहोस्