Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आज सुनको मूल्य सामान्य बढ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, २९ गते


Advertisement

काठमाडौं । आज पनि सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला एकसय रुपैयाँ बढेको हो। हिजो सुन तोलामा एक हजार ६ सय रुपैयाँ बढेको थियो।

मूल्य बढेर आज सुन प्रतितोला एक लाख ५५ हजार आठसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य तोलाको एकलाख ५५ हजार सातसय रुपैयाँ थियो।

गएको बिहीबार र शुक्रबार पनि सुन तोलामा आठरआठ सय रुपैयाँ बढेको थियो भने बुधबार पाँचसय रुपैयाँ बढेको थियो।

आज चाँदीको मूल्य भने स्थिर छ। हिजो प्रतितोला १५ रुपैयाँ बढेर एक हजार आठसय ६० रुपैयाँ पुगेको चाँदीको मूल्य आज पनि सोही मूल्यमा स्थिर छ।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो।


प्रतिकृया दिनुहोस्