Hamro Sanchar

माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रले पनि बैङ्क खाता खोल्न सकिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, २६ गते


काठमाडौं । षष आउँदो माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ ।

यसअघि बैङ्क खाता खोल्न नागरिकता अनिवार्य चाहिनेमा अब राष्ट्रिय परिचयपत्र वा त्यसको आधारमा पनि खाता खोल्न सकिने भएको हो ।

नेपाल राष्ट्र बैङ्कले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरका आधारमा खाता खोलिदिन बैङ्क तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक र लघुवित्त वित्तीय संस्थालाई परिपत्र जारी गरेको छ ।

राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी डा। भागवत आचार्यका अनुसार बैङ्क खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको होइन,आधिकारिकता दिइएको हो ।

यसअघि नागरिकताका आधारमा बैङ्क खाता खोल्नू भन्ने निर्देशन पनि यथावत रहेको र अब राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर दिए पनि बैङ्कले खाता खोलिदिनुपर्ने उहाँले जानकारी दिनुभयो ।


प्रतिकृया दिनुहोस्