Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दैलेखमा एक साताअघि घरबाट भागेका किशोर-किशोरी मृत भेटिए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, २२ गते


Advertisement

काठमाडौं । दैलेखमा एक साताअघि घरबाट भागेका किशोर–किशोरी मृत भेटिएका छन्। पुस १३ गते शनिबार हराएका उनीहरु पुस २१ आइतबार मृत फेला परेका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार मृत भेटिनेमा भगवतीमाई गाउँपालिका–४ मन्घर टोलका १७ वर्षीया शर्मिला थापा र १७ वर्षकै मानसिंह विक रहेका छन्।

उनीहरु सोही गाउँपालिकामा रहेको कालिका माध्यमिक विद्यालय मन्घरमा अध्ययनरत थिए। मानसिंह कक्षा १० मा पढ्थे भने शर्मिला कक्षा ९ अध्ययनरत थिइन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख, डीएसपी सुनिल दाहालले उनीहरू अघिल्लो शनिबार (पुष १३ गते) घरबाट हराएको जानकारी प्रहरीलाई आएको बताए।

उनले भने, ‘उनीहरु हराएको खबर आएको दिनदेखि नै प्रहरीले खोजीकार्य गरिरहेको थियो। खोजी गर्दै जाने क्रममा घरभन्दा केही टाढा पर्ने तुसोरे जङ्गलमा मृत अवस्थामा भेटिएका छन्। हाम्रो प्रारम्भिक अनुसन्धानले दुईबीच प्रेम सम्बन्ध रहेको र घरबाट बिहे गर्न अनुमति नदिएको हो कि भन्ने अनुमान छ। तर, घटनाबारे थप अनुसन्धान भइरहेको छ।’

उनीहरु एउटै डोरीमा बाँधिएको अवस्थामा मृत फेला परेका हुन्। उनीहरुले आत्महत्या गरेको आशंका गरिएको छ।

ती किशोर-किशोरीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दैलेखमा राखिएको छ।


प्रतिकृया दिनुहोस्