Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आज सुनको मुल्य सामान्य घट्यो : कतिमा हुँदैछ कारोबार ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, १० गते


Advertisement

काठमाडौं । आज सुनको मूल्य केही घटेको छ। हिजो स्थिर रहेको सुनको मूल्य आज तोलामा एकसय रुपैयाँ घटेको हो।

आज सुनको मूल्य एक लाख ४९ हजार सातसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य एक लाख ४९ हजार आठसय रुपैयाँ थियो।

गएको आइतबार प्रतितोला ११ सय र सोमबार दुईसय रुपैयाँ बढेर सुनको मूल्य तोलाको एक लाख ४९ हजार आठसय पुगेको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेको छ। हिजो तोलाको एक हजार आठसय पाँच रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलाको एक हजार आठसय कायम भएको हो।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।


प्रतिकृया दिनुहोस्