Hamro Sanchar

पत्रकार सम्मेलनमा गोलि चल्दा हाइटीमा २ पत्रकार र १ प्रहरीको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, १० गते


काठमाडौं । क्यारेबियन देश हाइटीको प्रमुख सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा एक व्यक्तिले गोली चलाएका छन्।

हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा भएको गोलीकाण्डमा तीन जनाको ज्यान गएको छ भने कैयौँ घाइते भएका छन्।

यो सार्वजनिक अस्पताल जुलाईअघि हिंसात्मक समूहले कब्जा गरेको थियो। गोली चल्दा पत्रकारहरू स्वास्थ्यमन्त्रीलाई पर्खिरहेका थिए।

रिपोर्टअनुसार दुई पत्रकार र एक प्रहरीको मृत्यु भएको छ। हाइटी क्यारिबियन सागरस्थित एक देश हो ।


प्रतिकृया दिनुहोस्