Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ब्राजिलमा विमान दुर्घटना हुँदा एकै परिवारका १० जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, ८ गते


Advertisement

काठमाडौं । ब्राजिलको दक्षिणी सहर ग्रामाडोमा एउटा सानो विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १० जनाको मृत्यु भएको छ।

सीएनएनका अनुसार विमान खसेको क्षेत्रमा १७ जना घाइते भएका छन्।

ब्राजिलको नेसनल सिभिल डिफेन्सका अनुसार आइतबार बिहान विमान उडेको केही मिनेटमै दुर्घटना भएको हो।

सुरुमा उक्त एउटा भवनमा, त्यसपछि एउटा निवासमा र अन्त्यमा फर्निचर स्टोरमा ठोकिएको थियो।

दुर्घटनापछि निस्केको आगोबाट निस्किएको धुवाँका कारण अधिकांशलाई अस्पतालमा भर्ना गरिएको बताइएको छ।

रियो ग्रान्डेका गभर्नर डो सुल एडुआर्डो लेइटले विमानमा सवार सबै १० जनाको मृत्यु भएको बताए। मृत्यु हुने सबै एउटै परिवारका सदस्य भएको राज्य नागरिक रक्षाले जनाएको छ।


प्रतिकृया दिनुहोस्