Hamro Sanchar

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, ५ गते


काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ५०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार रुपैयाँमा किनबेच भएको थियो।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ७८० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।


प्रतिकृया दिनुहोस्