Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

तोलाका १७ सय रुपैयाँले घट्यो सुनको मूल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, ४ गते


Advertisement

काठमाडौं । आज सुनचाँदीकै मूल्य घटेको छ। सुनको मूल्य आज प्रतितोला एक हजार सातसय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ४९ हजार रुपैयाँ कायम भएको छ।

सोमबार र मंगलबार दुई दिनमा जम्मा ६ सय बढेको सुनको मूल्य हिजो प्रतितोला सातसय रुपैयाँ घटेको थियो। आज एकै दिन सुन तोलाको १७ सय रुपैयाँ घटेको हो। हिजो सुनको मूल्य तोलाको एक लाख ५० हजार सातसय रुपैयाँ थियो।

गएको आइतबार एकैदिन सुन प्रतितोला दुई हजार दुईसय रुपैयाँ घटेको थियो।

चाँदीको मूल्य पनि आज घटेको छ। हिजो प्रतितोला पाँच रुपैयाँ घटेर एक हजार आठसय ३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज एक हजार सातसय ८० रुपैयाँमा झरेको छ।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।त्यसयता आजसम्म सुन प्रतितोला २२ हजार सस्तिएको छ ।


प्रतिकृया दिनुहोस्