काठमाडौं, पुस २- कागेश्वरी मनोहरा नगरपालिकाभित्र आफूखुसी जग्गा प्लटिङ गर्न नपाइने भएको छ । अब नगरपालिकाभित्र जग्गा प्लानिङ, प्लटिङ र कित्ताकाट गर्न नगरपालिकाबाट इजाजत अनुमति अनिवार्य लिनुपर्नेछ ।
बढ्दो शहरीकरणलाई मध्यनजर गर्दै ब्यबस्थित बस्ती विकास गर्न “जग्गा प्लटिङ कार्यविधि-२०७६” को प्रभावकारी कार्यान्वयन गर्नका लागि नगरपालिकाले यस्तो नियम बनाएको शहरी विकास शाखाले सोमबार सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।
नगरपालिका क्षेत्रभित्र गरिने प्लानिङ/प्लटिङ गर्ने ब्यबसायी तथा व्यक्तिले इजाजत लिए नलिएको र स्वीकृति देखि निर्माण सम्पन्न सम्मको प्रक्रियामा नगरपालिका समन्वय गर्नुपर्नेछ ।
यसअघि इजाजत नलिई प्लानिङ सुरु गरेको भए तत्काल काम रोकी नगरपालिकामा स्वीकृतिका लागि निवेदन पेश गर्न र इजाजत लिई कार्य सुरु गरेको भए आफुसँग भएको इजाजत वा प्लटिङ सम्बन्धि कागजातसहित १५ दिनभित्र नगरपालिकामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
नगरपालिका क्षेत्रभित्र भएका र हुँदै गरेका प्लानिङ/प्लटिङको नियमित अनुगमन हुने पनि बताइएको छ ।
सूचनाको बेवास्ता गरि अनुमति नलिई प्लानिङ/प्लटिङ गरिएको पाइए कानुन बमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ ।
यस्तो छ कार्यविधि :