Skip

Hamro Sanchar

१२६ किलो गाँजासहित सुनसरी र चितवनबाट २ जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, १ गते


काठमाडौं । प्रहरीले सुनसरी र चितवनबाट करिब १२६ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

सुनसरी, धरान उपमहानगरपालिका-१७ बाट अवैध लागूऔषध गाँजा करिब १ सय २३ किलो ३ सय ९० ग्राम सहित धरान उपमहानगरपालिका-१७ बस्ने ३१ वर्षीय धन बहादुर भण्डारीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

अस्थायी प्रहरी पोष्ट रेल्वे धरानबाट खटिएको प्रहरीले प्रदेश १-०२-००२ ह १६५५ नम्बरको अटोलाई जाँच गर्ने क्रममा ७ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक धन बहादुरलाई पक्राउ गरेको हो।

त्यस्तै, चितवन रत्ननगर नगरपालिका-१० निपनी चोकबाट अवैध लागूऔषध गाँजा २ किलो ८ सय ६४ ग्राम सहित सोही ठाउँ बस्ने ४६ वर्षीय सरद लम्साललाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिकृया दिनुहोस्