Hamro Sanchar

३ जना चढेको मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, १ गते


भद्रपुर । दमक नगरपालिका-१० सेतुमारी चोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

चालकसहित तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार जिल्ला झापा गौरादह नगरपालिका-५ बस्ने ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँ बस्ने २५ वर्षीया ओमकुमारी राई रहेका छन् ।

यसैगरी मोटरसाइकल चालक जिल्ला मोरङ रतुमाई नगरपालिका-८ का २७ वर्षीय विराज थापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रनाउ चन्दले बताए।

मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्