Skip

Hamro Sanchar

काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन : काठमाडौं महानगरमा शोक बिदा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, १ गते


काठमाडौं । काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन भएको छ ।

पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा गएराति १ बजे निधन भएको हो ।

२०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए । ८८ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ थिए । गत वर्ष उनको पेटको शल्यक्रिया गरिएको थियो ।

उनले लौहपुरुष गणेशमान सिंहका प्रमुख सहयोगी भएर पनि काम गरेका थिए । तर कांग्रेसको राजनीतिबाट वितृष्णा जागेपछि उनी निष्कृय भएर बसेका थिए ।

उनी पछिल्लो समय गणेशमान सिंहका छोरा एवम् वर्तमान उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा बस्दै आएका थिए । उनको निधन पनि प्रकाशमान निवासमै भएको हो ।

यस्तै पूर्वमेयर पीएल सिंहको निधनको शोकमा काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिएको छ ।

काठमाडौं महानगरपालिका र मातहतका कार्यालयहरुमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने गरी आज शोक बिदा दिइएको हो ।

उनको पार्थिव शरीरलाई आज बिहान ११ बजेसम्म चाक्सीबारीमा श्रद्धाञ्जलीका लागि राखिएको छ । त्यपछि दिउँसो १२ बजेदेखि २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ । उनको आजै कंकेश्वरी मन्दिरनेर रहेको लख तीर्थमा अन्त्येष्टि गरिने छ ।

 


प्रतिकृया दिनुहोस्