Hamro Sanchar

कागेश्वरी मनोहरामा आत्मदाह गर्ने महिलाको सुसाइड नोट : यो सबै मेरै कारण भएको हो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, ३० गते


Advertisement

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका(८ मा आफैँलाई जलाएर आत्मदाह गर्ने कमला आचार्यको सुसाइड नोट भेटिएको छ ।

उनी परिवारसँग नारायणटारमा बस्दै आएकी थिइन् । २९ मंसिरमा कागेश्वरी मनोहरा नगरपालिका–८ किराँतचोकस्थित बागमती नदि किनारमा गएर उनले आफैँलाई आगो लगाएकी हुन् । आचार्यको उपचारको क्रममा मृत्यु भएको काठमाडौँका एसएसपी बसन्त रजौरेले बताए ।

घट्नास्थलबाट प्रहरीले उनले लेखेको सुसाइड नोट बरामद गरेको छ । घट्नास्थलबाट प्रहरीले बरामद गरेको सुसाइड नोटमा उनले आफ्ना श्रीमानसँग क्षमा मागेकी छन् । नोटमा लेखेकी छन्, ‘सरी बुढा ।’ कागेश्वरी मनोहरा नगरपालिका–७ मा आचार्य दम्पतीले स्टेशनरी सञ्चालन गरेका छन् । उनीहरुले सञ्चालन गरेको केएण्डए स्टेशनरीबाट केही पर गएर उनले आगो लगाएकी हुन् । नोटमा पतिको नम्बर लेख्दै उनले भनेकी छन्– ‘मेरो श्रीमानलाई मेरो अवस्थाबारे खबर गरिदिनुहोला ।’

‘मैले श्रीमानलाई सहयोग गर्न सकिँन, म बाँच्नुको कुनै अर्थ छैन’ उनको नोटमा लेखिएको छ, ‘म मरेको खबर श्रीमानलाई गरिदिनुहोला नम्बर यो हो ।’ बा।३५ प ५८१८ नम्बरको स्कुटरमा घटनास्थल पुगेकी उनले मिनरल वाटरको बोतलमा पेट्रोल लगेर छर्केको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । नोटमा उनले घटना आफ्नै कारणले भएको उल्लेख गरेकी छन् । नोटमा लेखिएको छ, ‘यो सबै मेरै कारण भएको हो । उनका १३ र ३ बर्षका बच्चा छन् ।


प्रतिकृया दिनुहोस्