Hamro Sanchar

आज काठमाडौंको तापक्रम २.५ डिग्री सेल्सियस

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, २९ गते


काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम शनिबार थप घटेको छ।

बिहान पौने ६ बजेको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस मापन हुँदा यो वर्षकै कम रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार ३।४ डिग्री सेल्सियस मापन भएको थियो । गत वर्ष भने २।१ डिग्री सेल्सियससम्म न्यूनतम तापक्रम पुगेको रेकर्ड छ ।

शनिबार र आइतबार काठमाडौं उपत्यकासहित देशका धेरै जसो भूभागको मौसम सामान्यतया सफा नै रहने मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए।

उनका अनुसार बिहानीपख तराईका भूभागमा हुस्सु लागे पनि दिउँसो सफा रहनेछ ।


प्रतिकृया दिनुहोस्